काठमाडौँ उपत्यकामा कति सक्रमित थपिए आज ?
काठमाडौँ , माघ २० । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५०९ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा १२४९ जना, ललितपुरमा १८३ जना र भक्तपुरमा ७७ जना गरि कुल १५०९ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै हाल काठमाडौँ उपत्यकामा कुल ३५ हजार ७४८ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा २१ हजार ७३६, ललितपुर जिल्लामा ९ हजार ३६० र भक्तपुर जिल्लामा ४ हजार ६५२ रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २ हजार ७४२ र एन्टीजेन परिक्षणबाट ४३३ गरि कुल ३ हजार १७५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८७२३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९२।२ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले १३८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार २६ पिसिआर र २५७९ नमुना एन्टीजेन परिक्षण गरि कुल १२ हजार ६०५ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६३ हजार २९६ पुगेका छन् । त्यस्तै आइसीयुमा २८१ जना छन् भने देशभर ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा १४३४ जना छन् भने होम आइसोलेसनमा ६१ हजार ८६२ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्