कोरोनाबाट १४ जनाको मृत्यु, ३ हजार १७५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, माघ २० । नेपालमा थप ३ हजार १७५ जनामा कोरोना पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २ हजार ७४२ र एन्टीजेन परिक्षणबाट ४३३ गरि कुल ३ हजार १७५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८७२३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९२।२ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १३८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार २६ पिसिआर र २५७९ नमुना एन्टीजेन परिक्षण गरि कुल १२ हजार ६०५ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६३ हजार २९६ पुगेका छन् । त्यस्तै आइसीयुमा २८१ जना छन् भने देशभर ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा १४३४ जना छन् भने होम आइसोलेसनमा ६१ हजार ८६२ जना रहेका छन् ।

पछिल्लो कोरोनाबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्