कोरोनाबाट थप ९ जनाको मृत्यु, ५ हजार ५८३ संक्रमित थपिए
काठमाडौँ , माघ १८ । नेपालमा थप ५ हजार ५८३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३ हजार ६५७ र एन्टीजेन परिक्षणबाट १९२६ गरि कुल ५ हजार ५८३ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८२६७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९१ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले १३७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार ७७६ पिसिआर र ६८९८ नमुना एन्टीजेन परिक्षण गरि कुल १७ हजार ६७४ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७४ हजार ६५३ पुगेका छन् । त्यस्तै आइसीयुमा २७९ जना छन् भने देशभर ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा १४७५ जना छन् भने होम आइसोलेसनमा ७३ हजार १७८ जना रहेका छन् ।
पछिल्लो कोरोनाबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्