आजको मौसमः यी पाँच प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ १८ । आज  देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश-१, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरुमा आंशिक बदली रहनेछ ।

आज राति प्रदेश-१, वागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहने जनाइएको छ । प्रदेश-१ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

आज बिहान तराईका धेरै भू(भागका हुस्सु र कुहिरो लागेको छ । दिउँसो र राति वर्षा तथा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्