अभियान लघुवित्तले ९ करोड ७५ लाखको आईपीओ निष्कासन गर्ने

काठमाडौं, माघ १४ । नेपालमा आइपीओ निष्कासनको लागि अनुमति माग्ने कम्पनीहरूको संख्या २ दर्जन माथि पुगिसकेको अवस्थामा अर्को एक कम्पनीले पनि आइपीओ निष्कासन गर्ने भएको छ ।

अभियान लघुवित्त वित्तीय संस्थाले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ ।

आईपीओ निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

साधारण शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा अभियान लघुवित्त वित्तीय संस्थाका तर्फबाट का।मु। प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।हाल अभियान लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी ३० करोड, जारी पूँजी २५ करोड र चुक्ता पूँजी १५ करोड २५ लाख रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी २५ करोड हुनेछ ।

प्रतिक्रिया दिनुहोस्