क्लास्सिक टेकले ल्यायो रिफर गर्दा ४ महिना बोनस पाउने अफर

काठमाडौं, माघ १४ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर गर्दा ४ महिना बोनस पाउने अफर ल्याएको छ।
यसअनुसार ग्राहकले रिफर गर्दा कम्पनीले ४ महिनासम्म बोनस दिनेछ।

जसमा २ महिना इन्टरनेट र २ महिना क्ष्एत्ख् बोनस रहेको छ। यसरी कम्पनीले रिफर गर्ने ग्राहकलाई प्रोत्साहन गर्न यो सुविधा ल्याएको र नयाँ ग्राहकलाई पनि न्यून मूल्यमा उच्च ब्यान्डविथ इन्टरनेट र ५ गिगाहर्ज राउटरसहित आईपीटीभी दिँदै गएको छ।

कम्पनीले नेपालमा सन् २००९ देखि सेवा शुभारम्भ गरेको थियो। १२ वर्षमै कम्पनीले ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ।

देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जाँदा क्लास्सिक टेक्ले कम मूल्य मा स्वस्थ सेवा दिँदै आएको कम्पनीको दाबी छ।
क्लास्सिक टेकको विभिन्न इन्टरनेट प्याकेज १५० एमबीपीएस २२५ एमबीपीएस ३२५ एमबीपीएस ६२५ एमबीपीएस र १००० एमबीपीएससम्म रहेको छ । १५० एमबीपीएसको प्रतिमहिना ११९९ बाट लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्