कोरोनाबाट थप १५ जनाको मृत्यु , ८ हजार १७ सङ्क्रमित थपिए
काठमाडौं, माघ १३ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १५ जनाको ज्यान गएको छ । योसहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप आठ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २१ हजार आठ सय आठ जनाको नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
२४ घण्टामा पाँच हजार दुई सय ९२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ३७ हजार चार पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार पाँच सय ७६ रहेको छ ।
यसैबीच २४ घण्टामा पाँच लाख ५४ हजार पाँच सय ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा खोपको तीन करोड चार लाख ७५ हजार पाँच सय ८९ मात्रा लगाइएको छ ।
जसमध्ये एक करोड ६४ लाख ५८ हजार चार सय ७५ जनाले कम्तीमा एक मात्रा र एक करोड ३७ लाख ३४ हजार तीन सय ९० जनाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्