सानिमा बैंकमा सीईओ दाहालको विदाइ, पाण्डेले सम्हाले कार्यभार

काठमाडौं, माघ १२ । सानिमा बैंकबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल बाहिरिएका छन्।

माघ ११ गते कार्यकाल सकिएसँगै दाहालको विदाइ गरिएको हो। योसँगै आजैबाट निश्चलराज पाण्डेले सीईओको कार्यभार सम्हालेका छन्।

पाण्डे यसअघि बैंकको तेस्रो पोजिसनमा काम गर्दै आएका थिए। उनी डेपुटी सीईओको भूमिकामा थिए।  भुवन दाहालपछि सिनियर डेपुटीमा तेजबहादुर चन्द थिए।

प्रतिक्रिया दिनुहोस्