नेप्सेमा ३८ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, माघ १२ ।  साताको कारोबारको चौथो दिन बुधबार नेप्सेमा सामान्य गिरावट आएको छ । यस साता लगातार घटेको नेप्से बुधबार ३८.४५ अंकले घटेर २७७६.६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

त्यस्तै मंगलबार २३३ कम्पनीको ६१ हजार ४ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ४ अर्ब ३१ करोड ३१ लाख बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार अपि हाइड्रोको भएको छ । यस कम्पनीको आज १६ करोड ७७ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै आज अरुण हाइड्रोको १३ करोडभन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै उपसूचकको मुल्य घटेको छ । नेप्सेका अनुसार आज फाइनान्स उपसूचकको मुल्य सबैभन्दा बढी २.४२ प्रतिशतले घटेको छ भने लगानी उपसूचकको मुल्य २.१० प्रतिशतले घटेको छ ।

त्यस्तै आज वीन नेपाल लघु वित्त र बुद्ध भूमि नेपाल हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज पोखरा फाइनान्सको शेयर मुल्य सबैभन्दा बढी ५.५९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्