कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दा आज पनि हेर्दाहेर्दैमा
काठमाडौं, माघ ११ । सर्वोच्च अदालतले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दा हेर्दाहेर्दैमा राखेको छ। पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दाको मंगलबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ।
शिवहरि दाहाल,अनमोल भट्टराई, इन्द्रकमल सिवाकोटीलगायतले दायर गरेका २५ मुद्दाहरूको सुनुवाइ न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासमा भइरहेको छ। मुद्दामा लोकसेवा आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ।
सर्वोच्चले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित सबै २५ मुद्दालाई एकै मुद्दाको रूपमा ९लगाउ० राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। यससँगै २९ पुसबाट मुद्दामाथि सुनुवाइ जारी छ।
यता कोरोनाको तेस्रो लहर सुरु भएसँगै बजारमा सिटामोलको अभाव भएको बताएको छ । बजारमा सिटामोल नै पाइन छोडेको समाचार भने बाहिर आएका छन् । यस कारण पनि अदालतले यस्तो आदेश दिएको हो । पछिल्लो समय भाइलर बिरामी पनि बढि रहेका छन् । यस कारण पनि सिटिमोलको अभाव हुन गएको बुझ्न सक्छौ ।
प्रतिक्रिया दिनुहोस्