सूर्योदयको ७० प्रतिशत हकप्रदमा आवेदन खुल्यो
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले फागुन २५ गते शुक्रबार देखि ७० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ ।
लघुवित्तको हकप्रदमा फागुन २५ गतेदेखि चैत्र २९ गतेसम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ । माघ २५ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
ग्लोबल आईएमई क्यापिटल, सूर्योदय लघुवित्तका शाखा कार्यालय तथा आस्वा सेवा प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सेयरमा आवेदन दिन सकिनेछ ।
हाल चार करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुत्तिको हकप्रद विक्री पश्चात ७ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्