बन्दको प्रचार र हल्ला गर्दै हिँड्ने पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङ प्रहरीले पक्राउ

काठमाडौं । बन्दको प्रचार र हल्ला गर्दै हिँडेका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङ प्रहरीले पक्राउ परेका छन् ।
बन्दको प्रचार हल्लला गर्र्दै हिडिरहेको अबस्थामा उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले बिहीबार दिउँसो न्यूरोडबाट पक्राउ गरेको हो ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले का अनुसार फागुन २५ र २६ गते नेपाल बन्द भनेर समाजमा आतंक फैलाएको गुनासो आएपछि उनलाई पक्राउ गरिएको हो । यसरी बन्दको हल्ला गर्दै हिडी समाजमा नकारात्मक असर पार्ने काम गरेको भन्दै उनलाई समातीएको हो । उनको बारेमा थप अनुसन्धान भईहरको प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्