नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालि.को आठौं साधारण सभा सम्पन्न
काठमाडौं, माघ ६ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालि.को आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालि.को आठौँ वार्षिक साधारण सभा विहिबार भौतिक तथा भर्चुअल रुपमा उपस्थित हुने गरी धादिङ्ग क्रिकरिसोर्ट धादिङ्गबेसि धादिङ्गमा सम्पन्न भएको हो ।
सञ्चालक समितिको तर्फबाट सभाध्यक्ष रविन सिजापतिले प्रश्तुत गर्नुभएको आ.व.२०७७/७८ को बार्षिक प्रतिवेदन आठौं बार्षिक साधारण सभाले पारित गरेको छ ।कम्पनीले २०७८ आषाढ मसान्तसम्म कायम रहेको चुक्तापूँजी ४१ करोड ९१ लाखको ५ प्रतिशतले हुन आउने नगद लाभांशर ४० प्रतिशतले हुन आउने बोनश गरी कुल ४५ प्रतिशत लाभांश स्वीकृत गरेको छ । वोनश शेयर पश्चात कम्पनीको चुक्ता पूंजी ५८ करोड ६७ लाखपुगेको छ ।साथै सभाले संस्थाको हालको अधिकृत पुँजी ५० करोडबाट बृद्धि गरी७० करोड पु्याउने बिशेष प्रश्ताव समेत पारित गरेको छ ।
यस संस्थाले धादिङ्ग जिल्लाको धादिङ्गबेसि बाट मिति २०७१ अषाढ १८ गते बाट बिधिवत रुपमा लघुवित्त सेवा प्रारम्भ गरी सफतापूर्वक सातौं वर्ष पूरा गरी आठौं बर्षमा आइपुग्दा, हालदेशका ७ वटा प्रदेशहरुका ६४ वटा जिल्लाहरुमा रहेका १०० वटा शाखा कार्यालयहरु मार्फत करीव १ लाख४३ हजारभन्दा बढी ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाले हालसम्म रु.१० अर्व ५३ करोड कर्जा लगानी गरी रु.२ अर्व ८३ करोड बरावर ग्राहक सदस्यहरुबाट वचत संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्