नेप्सेमा करिब ३२ अंकको वृद्धि, कारोबार रकम कति ?
काठमाडौं, माघ ६ । साताको कारोबारको अन्तिम दिन विहिबार नेप्सेमा करिब ३३ अंकको वृद्धि भएको छ । विहिबार नेप्से ३२.९६ अंकले बढेर २९३१.२६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
त्यस्तै विहिबार २२९ कम्पनीको ७५ हजार ५८२ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ५ अर्ब ७७ करोड ३१ लाख बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार आइएमइ जनरल इन्सुरेन्सको भएको छ । यस कम्पनीको आज २२ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै अपि हाइड्रोको १८ करोडभन्दा बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका बैंकिंग र म्युचुअल फण्ड बाहेक सबै उपसूचकको मुल्य बढेको छ ।
नेप्सेका अनुसार आज विकास बैंकको सबैभन्दा बढी ३.३६ प्रतिशतले बढेको छ भने आज फाइनान्स उपसूचकको मुल्य ३.०४ प्रतिशतले बढेको छ ।
त्यस्तै आज मैलुंग खोला हाइड्रो र तेर्हथुम पावरको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ बुद्ध भूमि हाइड्रोको शेयर मुल्य ९.९७ प्रतिशतले बढेको छ ।
त्यस्तै आज आइसिएफसिको डिभेन्चरको शेयर मुल्य सबैभन्दा बढी ४.३९ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्