राष्ट्रपति निर्वाचन: उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुदै

काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै छ । निर्वाचन कार्यतालिका अनुसार हिजो उम्मेदवारी गर्दा गराएका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिन लागिएको हो ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मनोनयन पत्रमाथि जाँचबुझ गर्ने, ३ देखि ४ बजेसम्म नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यस्तै साढे ४ बजेदेखि साढे ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ भने साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने प्रवक्ता ढकालले बताए ।

राष्ट्रपति चयनका लागि आगामी २९ गते हुने निर्वाचनका लागि २ जनाको उम्मेदवारी परेको छ । सत्तापक्ष वाम गठबन्धनका तर्फबाट एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रतिपक्ष दल कंग्रेसका तर्फबाट कुमारी लक्ष्मी राईले मनोनयन दर्ता गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्