देशका सबै जिल्लामा कोरोना, १२ जिल्ला रेड जोनमा

काठमाडौँ , माघ ४ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४ घण्टामा देशभर १० हजार भन्दा बढी संक्रमण पुष्टि भएको छ । त्यस्तै त्यसमध्ये काठमाडौँ उपत्यकामा ५५४९ जना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित देखिएका छन् ।

जसमा १२ जिल्ला कोरोना संक्रमणको रेड जोनमा रहेका छन् । अर्थात १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, रुपन्देही र कैलाली रहेका छन् ।

त्यस्तै दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला ६ रहेका छन् । जसमा धनुषा, पर्सा, नवलपरासी पूर्व, बाँके, दाङ र कंचनपुर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्