नेपालमा एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ माघ । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २२ हजार ८ सय २८ जनामा गरिएको परीक्षणमा १० हजार २ सय ५८ जना संक्रमित भेटिएका हुन्।

यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण ष्र्दा १५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । आज एक जना संक्रमितको मृत्यु भएको छ भने ५ सय ६२ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् । यता पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५५४९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा ४००४ जना, ललितपुरमा ९७५ जना र भक्तपुरमा ५७० जना गरि कुल ५५४९ जना संक्रमित थपिएका हुन् ।

हाल काठमाडौँ उपत्यकामा कुल २४५९६ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँमा १७७०९ जना, ललितपुरमा ४४७१ जना र भक्तपुरमा २३९६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्