कामना सेवाले गर्यो करिब १ अरब खुद सञ्चालन आम्दानी

काठमाडौं, माघ ४ । कामना सेवा विकास बैंकले करिब १ अरब खुद सञ्चालन आम्दानी गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशतको वृद्धि दरका साथ करिब १ अरब खुद सञ्चालन आम्दानी गरेको हो ।

यो त्रैमासिक सम्ममा (गतवर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैर सञ्चालन आम्दानी भए पनि कर पछिको नाफा (पीएटी) करिब १२ प्रतिशतले मात्रै घटेको छ ।

बैंकको निक्षेप ४८.९२ अरब पुगेको छ भने कर्जा ४४.९० अरब पुगेको छ जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १०.६९% र १०.९८% ले बढेको हो ।

बैंकको पुँजी पर्याप्तता अनुपात १२.३२%कायम गरेको छ भने प्रतिशेयर आम्दानी २१.८७ रहेकाछ । बैंकको हालको चुक्तापूँजी ३.१४ अरब र जगेडा कोषमा ९.६७ करोड रहेको छ ।

साथै निष्कृय कर्जा अघिल्लो त्रैमासिकमा १.७९% रहेकोमा यस त्रैमासिक सम्ममा १.७७%मा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५.७४, प्रति शेयर नेटवर्थ १३३.०२ र आधार दर ९.२७% छ ।

प्रतिक्रिया दिनुहोस्