माथिल्लो तामाकोशीको खर्चप्रगति झण्डै दोब्बर , अर्धवार्षिक खर्च ३३.३३ प्रतिशत
काठमाडौं। ४५६ मेगावाट क्षमताको माथिल्लो तामकोशी जलविद्युत आयोजनाको खर्च चालु आर्थिक वर्षको ६ महिनामा ३३.३३ प्रतिशत पुगेको छ।
चालु आर्थिक वर्षमा ५० करोड रुपैयाँ बजेट छुट्ट्याएकोमा ६ महिनाको समिक्षा अवधिसम्म १६ करोड ६७ लाख ६७ हजार रुपैयाँ खर्च भएको छ। गत वर्षको पहिलो ६ महिनामा पनि उक्त आयोजनाको खर्च ३३.३३ प्रतिशतनै रहेको थियो।
समग्र खर्च १८ प्रतिशत मात्रै भैरहेका बेला माथिल्लो तामाकोशीको खर्चप्रगति झण्डै दोब्बर रहेको छ।
निर्माण सम्बन्धी कार्यहरुमा सिभिल निर्माण, हाइड्रो तथा इलेक्ट्रोमेकानिकल कार्यहरुमा सन्तोषजनक प्रगति भएपनि सवस्टेशन र प्रशारण लाइन निर्माणमा जग्गा अधिग्रहणमा स्थानीयको विरोध, वन क्षेत्रको रुख कटानमा समस्या लगायतका कारणले प्रगती हुन नसकेको बताइएको छ।
२०७५ असार सम्म एउटा युनिट सञ्चालनमा ल्याउने र वाकी सबै युनिट २०७५ पुस सम्म सञ्चालनमा ल्याउने गरि काम भैरहेको समिक्षामा उल्लेख छ।
राष्ट्रिय गौरवका २१ वटा आयोजनाको लागि छुट्ट्याईएको बजेटमा ६ महिनाको अवधिमा १८ प्रतिशत मात्रै खर्च भएको छ।
प्रतिक्रिया दिनुहोस्