पिपुल्स पावरले ३० करोडको आईपीओ निष्कासन गर्ने
काठमाडौं ,माघ २ । नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासन गर्ने कम्पनीको चाङ लागेको छ ।
यस अघि नै २४ कम्पनीहरूको प्राथमिक शेयर निष्कासन पाइप लाइनमा रहेका छन् । उनीहरूको ६ अर्ब बढीको आइपीओ निष्कासन हुँदै छ ।
यसै बीच पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि बोर्डमा आवेदन दिएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा कम्पनिले आईपीओ निष्काशन गर्नको लागि निवेदन दिएको हो ।
बोर्डका अनुसार कम्पनिले ३० करोड ९९ लाख रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७ सय ४० कित्ता आईपीओ निष्काशनको लागि निवेदन दिएको छ ।
कम्पनिको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्