हिमालयन बैंकले मर्जर तोडेपछि इन्भेष्टमेन्ट बैंकले रद्द गर्‍यो विशेष साधारणसभा

काठमाडौं।माघ २ । नेपाल इन्भेष्टमेन्ट बैंकले यही माघ ४ का लागि बोलाएको साधारणसभा रद्द गरेको छ।

हिमालयन बैंकसँग मर्जरबारे छलफलका लागि बोलाएको साधारणसभा अब प्रयोजनहीन भन्दै इन्भेष्टमेन्ट बैंकले रद्द गरेको हो।बैंकको माघ १ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो।

हिमालयन बैंक लिमिटेडको गत पुस ३० मा बसेको २९औँ वार्षिक साधारणसभाबाट इन्भेष्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत भएको थियो।

प्रतिक्रिया दिनुहोस्