महिला अधिकार सुनिश्चित गर्न एकीकृत पहल आवश्यक छ , राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको हक–अधिकार सुनिश्चित गर्न एकीकृत पहल आवश्यक भएको बताएकी छन् । १०८ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले यस दिवसले महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्ने बताएकी छन् ।

महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा महिला अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्न यस दिवसले प्रेरणा दिन सकोस् भन्ने कामना राष्ट्रपति भण्डारीले गरेकी छन्।
महिलाका सामाजिक, राजनीतिक तथा आर्थिक सशक्तीकरणका विभिन्न आयाममा भएका उपलब्धिलाई संस्थागत गर्दै महिलाको हकअधिकार सुनिश्चितता गर्न आवश्यकतामा पनि भण्डारीले जोड दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्