नेपालमा कोरोनाः २४ घण्टामा ४ हजार ६३६ संक्रमित थपिए, ४ जनाको मृत्यु
काठमाडौँ, माघ १ । नेपालमा थप ५०८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३७०३ र एन्टीजेन परिक्षणबाट ९३३ गरि कुल ४६३६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३५० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६।१ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले १२६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १०४१२ पिसिआर र ४१४४ नमुना एन्टीजेन परिक्षण गरि कुल १४५५६ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २१ हजार ५८४ पुगेका छन् । त्यस्तै आइसीयुमा ११९ जना छन् भने देशभर २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा १०४८ जना छन् भने होम आइसोलेसनमा २० हजार ५३६ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार १९३ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यता पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २२१९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा १५१९ जना, ललितपुरमा ४८६ जना र भक्तपुरमा १४२ जना गरि कुल २२१९ जना संक्रमित थपिएका हुन् ।
हाल काठमाडौँ उपत्यकामा कुल १२८१४ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँमा ९०६१ जना, ललितपुरमा २३८२ जना र भक्तपुरमा १३७१ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्