प्रादेशिक अस्पतालमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं ,पुस ३० । मेगा बैंक नेपालले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

बैंकले धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० स्थित प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालमा शुक्रबारदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा। प्रमोदकुमार यादवले एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै अस्पतालको सबै सेवाको आर्थिक कारोबार अब बैंकमार्फत हुने भएकाले बिरामीलाई सहज हुने र अस्पताललाई पनि आर्थिक पारदर्शितामा सहज हुने बताए ।

बैंक जनकपुर शाखाका प्रबन्धक गलेककुमार यादवले सेवाग्राहीहरुलाई प्रभावकारी सेवा दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्