छ लेनको सडकमा नै एम्बुलेन्स जाममा
काठमाडौं। तीनकुनेदेखि सूर्यविनायकसम्म ६ लेनको सडकमा एम्बुलेन्स नै जाममा पर्ने गरेको छ । ६ लेनको सडक सञ्चालनमा आएपछि ट्राफिक जाम कम हुने अपेक्षा गरिएको थियो । तर, भक्तपुरबाट कोटेश्वरसम्म आउने एक मात्र सडकमा अत्याधिक जाम हुँदा एम्बुलेन्स समेत जाममा पर्ने गरेका छन् ।
जडिबुटीदेखि कोटेश्वरसम्मको जाम छिचोल्न एम्बुलेन्सलाई समेत सास्ती हुने गरेको छ । एम्बुलेन्स साइरन बजाउँदा समेत ट्राफिक जामको कारणले बिरामीलाई समयमा अस्पताल पुर्याउन नसक्ने अवस्था जडिबुटी कोटेश्वर सडकमा देखिएको छ ।
तीनकुने सूर्यविनायक सडक छ लेनको भए पनि सडक लेनअनुसार सवारी साधन चल्न सकेका छैनन् । कोटेश्वरबाट चक्रपथ जानुपर्ने सवारी साधन जडिबुटीमै रोकिएका हुन्छन्।
प्रतिक्रिया दिनुहोस्