भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ९४ हजार कोरोना संक्रमित पुष्टि , ४४२ जनाको मृत्यु

काठमाडौँ , २८ पुस । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टामा मात्र एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ ।

मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो ।

भारतको राजधानी दिल्लीमा प्रत्येक चार व्यक्तिमध्ये एक जनामा संक्रमण पुष्टि भएको भारतीय मिडियाहरुले जनाएका छन् । दिल्लीमा २३ जनाको मृत्यु भएको छ जुन पछिल्लो आठ महिनायताकै सबैभन्दा धेरै संख्या हो ।

प्रतिक्रिया दिनुहोस्