प्रदेश ५ लाई नमुना प्रदेश बनाउने : पोख्रेल

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ लाई मिनी नेपालका रुपम विकास गर्ने बताएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकाले आज देखि बबई नदी किनारमा शुरु गरेको ‘मेयर कप बिच भलिबल प्रतियोगिता’ उद्घाटन गर्दै पोख्रेलले प्रदेशलाई नमुना प्रदेश बनाउने बताएका हुन् ।

प्रदेशमा स्रोत साधन, भूगोल, विशेषता र पर्यटन विकासका हिसाबले धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले प्रदेशमा समुन्नत विकास गरेर मिनी नेपालका रुपमा उभ्याउने दाबी गरे ।

यस प्रदेशलाई देशकै नमुना प्रदेश बनाउने योजना रहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्