काठमाडौंबाट तीनजना ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीको नियन्त्रणमा,अनुसन्धान जारी

काठमाडौं । नेपाल प्रहरीले राजधानीबाट ठूलो परिमाणमा लागुऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसरले बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेका नुवाकोटका २५ वर्षीय सुनील घिमिरे, बाराका ३३ वर्षीय विगु रायभर र भारतीय नागरिक महमद रियाजुदिनलाई सार्वजनिक गरेको हो ।

उनीहरुले रक्सौल र विराटनगरको रानी भन्सार छलेर सार्वजनिक यातायातबाट लागुऔषध भित्र्याउने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले ग्रीजले भरिएको बट्टाभित्र लागुऔषध लुकाएर काठमाडौं भित्र्याएको प्रहरी नायब उपरीक्षक टेबुनन्द इनालिमुले जानकारी दिए ।

बरामद गरिएको लागुऔषधको मूल्य २३ लाख रुपैयाँ बराबर रहेको जनाइएको छ ।

पक्राउ परेकाहरुबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्