सरकारद्धारा आर्थिक वृद्धि प्रक्षेपणको संशोधन, ६ प्रतिशत बढी हासिल गर्ने लक्ष्य

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्यलाई संशोधन गरेको छ । अर्थ मन्त्रालयले आज मध्यावधि समीक्षा गर्दै यो वर्ष ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने संशोधित लक्ष्य राखेको छ ।

मध्यावधि समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धि ६ प्रतिशतमा खुम्चने बताए । सरकारले यसअघि ७.२ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो ।

गत आर्थिक वर्षमा ६.९ प्रतिशत आर्थिक वृद्धि हासिल भएको थियो । बजेटमा नै गतवर्षको भन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने उल्लेख थियो ।

कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले धानको उत्पादन घटेका कारण आर्थिक वृद्धि खुम्चने अवस्थता आएको बताए ।

मध्यावधि समीक्षा गर्दै अर्थमन्त्री खतिवडाले मूल्यवृद्धि ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएको जानकारी दिए ।
यसअघि सरकारले मूल्यवृद्धि ७ प्रतिशत बढी हुन नदिने भनेको थियो । तर, मुद्रास्फिति दर भने सरकारले राखेको लक्ष्यभन्दा पनि कम हुने अवस्था देखिएको छ । यसले मूल्यवृद्धि दर नियन्त्रणमै राख्ने सरकारी लक्ष्य हासिल हुने अवस्था देखिएको छ ।

चालू आर्थिक वर्षमा ६ महिनाको अवधिमा ०.५ प्रतिशतले विप्रेषण घटेको छ भने निर्यात १३.४ प्रतिशतले निर्यात बढेको छ ।
चालू आवको ६ महिनमा शोधनान्तर ६ अर्ब ६६ करोडले घाटा रहेको पनि खतिवडाले बताए । चालू खाता घाटा ७५.७१ अर्ब छ भने विदेशी विनियम सञ्चिति १०.८९ अर्ब रहेको जानकारी दिइएको छ ।

सरकारले मंगलबारसम्म ३८ प्रतिशत बजेट खर्च गर्न सकेको छ । सरकारले चालूतर्फ ४१.२ प्रतिशत र २३ प्रतिशत पुँजीगत खर्च गरेको जानकारी खतिवडाले दिए । सरकारले १८.३१ अर्ब सबै चुनावमा खर्च गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्