निष्काशन बन्द भएको दुई दिन मै आरम्भको शेयर बाँडफाँड
काठमाडौं । फागुन २१ गते निष्काशन बन्द भएको आरम्भ माइक्रोफाइनान्सको सेयर २ दिनमा नै बाँडफाँड भएको छ।
सिडीएससीले आईपीओको आबेदनमा एकिकृत प्रणाली सी आस्वा लागू गरेकाले आइपीओ निष्काशनको केहि दिनमा नै शेयर बाँडफाँड सम्भव भएको हो ।
आरम्भ माइक्रोफाइनान्सको आइपीओमा एक लाख ८५ हजार ६५३ भ्यालिड आबेदन परेको छ। जस मध्ये २७ हजार ४८ जनाले आरम्भ माइक्रोफाइनान्सको शेयर पाएका छन।
पुतलीसडकस्थित सिडिएससीको कार्यालयमा सेयर बाँडफाँड भैरहेको छ। अब केहि केही बेरमा अन्तिम नतिजा बाहिर आउने सिडीएससीका प्रमुख कार्यकारी अधिकृत गुप्ताले बताए ।
प्रतिक्रिया दिनुहोस्