ओम डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद आज देखी खुल्यो

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले आजदेखी हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले हाल कायम पुँजीको १० बराबर ३ कित्ताका दरले ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद जारी गरेको हो ।
बैंकले ४९ करोड ३१ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो । बैंकको हकप्रदमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकको हकप्रद सेयरमा गत भदौ २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । हकप्रद प्रयोजनका लागि बैंकले भदौ ३० गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।
हकप्रद बिक्रिपश्चात बैंकको चुक्ता पुँजी २ अर्ब १३ करोड पुग्ने छ । बाँकी पुंजी बैंकको बोनस सेयर वितरण मार्फत जुटाउनेछ । बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन ३७ करोड बराबरको बोनस बाड्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्