टिकटक च्यालेन्ज गर्दै भायानेट, उत्कृष्ट भिडिओले ५० हजार पाउने
काठमाडौं, पुस २२ । पछिल्लो समय धेरै भन्दा धेरै चलाउनेमा पर्ने गर्छ । टिकटक याप ! आम मानिसहरुयसमै बढि व्यस्त छन् ।प्रतिभा भएर पनि अवसर नपाएकाहरुले टिकटकमै प्रस्तुत गर्ने गरेका छन् । कतिपय त यसबाटै ठुलो पर्दामा समेत पुगी सके ।
यसैबीच यसरी टिकटकमा धेरैको प्रशंसनीय प्रतिभा हामी देख्न पाउँछ । यसकार विभिन्न संघस्थाले प्रतियोगीताको अयोजना पनि गर्ने गरेको छ । यसैक्रमा भायनेट कम्युनिकेसन्स ले ५० हजार रुपैयाँ पुरस्कार राशीको अल्ट्राफाई टिकटक च्यालेन्ज ल्याएको छ ।
प्रतियोगिता कुनै पनि उमेर समूहको लागि खुला गरिएको कम्पनीले जनाएको छ ।प्रतियोगितामा भाग लिनेले रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक च्यानलमा भएको साउन्ड ट्र्याक प्रयोग गरी भिडियो अपलोड गरेर सहभागी हुन सकिनेछ ।
‘भायानेटअल्ट्रा–फाई टिकटक च्यालेन्ज’मा भाग लिनका लागि प्रतियोगीहरूले दिइएको भायानेटअल्ट्रा–फाई साउन्डट्र्याक प्रयोग गर्नुपर्नेछ ।
फेब्रुअरी २८, २०२२ सम्म खुला रहने प्रतियोगिताका सहभागीले क्याप्सनमा #ULTRAFI_Vianet ह्यासट्याग र @vianetcommunication लाई ट्याग गरेको हुनुपर्छ ।
भायनेटका कर्मचारी र परिवारका सदस्यहरूले भाग लिन नपाउने प्रतियोगितामा नेपालमा बसोबास गर्ने नेपाली नागरिकले मात्र भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्