राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरिन्
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उनले दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
बुधबार दिउँसो संसद सचिवालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएकी हुन् । भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती छन् । समर्थकमा माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।
भण्डारीले उम्मेदवारी दर्ता गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका धेरै नेताहरु उपस्थित थिए । तर राष्ट्रपति पदमा रहनका लागि खुलेर लागेका झलनाथ खनाल भने देखिएनन् । यस पछि फेरी पनि राष्ट्रपति पदमा भण्डारी नै दोहोरीने निश्चित भएको छ ।
प्रतिक्रिया दिनुहोस्