ज्योति विकास बैंकद्वारा ट्राफिक लाइट हस्तान्तरण
काठमाडौं, पुस २१ । ज्योति विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं। १ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाइट आज एक समारोहका बीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत उक्त सहयोग गरेको हो।
बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं। १ का वडा सदस्य अशोक कुमार श्रेष्ठद्वारा संयुक्त रुपमा ट्राफिक लाइटको उद्घाटन गरिएको थियो।
उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टलगायत बैंकका विभिन्न पदाधिकारीहरु र महानगरीय ट्राफिक प्रहरी वृतका विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो।
















प्रतिक्रिया दिनुहोस्