सानिमा बैंक अब धादिङको मलेखुमा पनि, कलाकारद्वयले गरे उद्घाटन

काठमाडौं, पुस २० । सानिमा बैंक लिमिटेडले धादिङको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका सञ्चालक बलराम पराजुली र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन् ।

उद्घाटन समारोहमा मह जोडीले धादिङको मलेखुमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।

त्यसैगरी बैंकका सञ्चालक बलराम पराजुलीले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११९ कार्यालय र ९७ वटा एटिएम सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्