कृषिमा लगानी बढाउँदै साल्ट ट्रेडिङ कर्पोरेशन, २५ प्रतिशत बोनस शेयर पारित

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन को मंगलबार सम्पन्न ५१ औं साधारणसभाले आर्थिक बर्ष २०७३र७४ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस शेयर तथा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक बर्ष २०७२र७३ मा ६१ करोड २४ लाख मुनाफा कमाइएको कर्पोरेशनले आव २०७३÷०७४ मा २५६२ प्रतिशतले बढाएर ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो ।

सभामा कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले पूँजी वृद्धि, पेट्रोलियम पदार्थको कारोबार शुरु तथा उखु उत्पादनमा लगानी गर्ने जानकारी गराउदै आयोडिनयुक्त नूनको शतप्रतिशत पहुँचलाई कर्पाेरेशनले उच्च प्राथमिता दिई पाँच वर्षमुनिका ९४ प्रतिशत बालबालिकाले आयोडिन नुनको प्रयोग गर्ने अवस्थामा पुगेको बताइन् ।
त्यस्तै सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले अगामी दिनमा आम उपभोक्तालाई गुणस्तरीय खाद्य तथा अन्य वस्तुको सरल र सहज वितरण गरिने जानकारी दिए ।

साल्ट टेड्रिङमा सर्वसाधारणको लगानी २१ प्रतिशत तथा सरकारको ७९ प्रतिशत सेयर स्वामित्व रहेको छ । काठमाडौंको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ९ करोड ८१ लाख ८४ हजार ३०० रुपैयाँ रहेको छ । बोनस पश्चात कर्पोरेशनको चुक्ता पूँजी १२ करोड २७ लाख ९३ हजार ४०० रूपैयाँ पुग्नेछ ।
कम्पनीले यसअघि नै काठमाडौँ लगायत मुख्य शहरमा पेट्रोलियम पदार्थको करोवारका लागि पम्प सञ्चालन गर्ने निर्णय ४९ औं बार्षिक साधारण सभाले गरेपनि यसलाई अहिलेसम्म निर्णयमा मात्र सीमित हुँदै भएकाले अहिलेको ५१ औं साधारण सभामा पनि कर्पोरेशन आगामी वर्षदेखि पम्प सञ्चालन गर्ने कुरा दोहोर्याएको छ ।
उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कर्पोरेशनले चालू आवमा १० अर्बको करोवार गर्ने लक्ष्य राखेको छ ।

गत वर्ष माघ मसान्तसम्ममा पाँच अर्ब ४१ करोडको कारोबार गरेको कर्पोरेशनले चालू आवको यसै अवधिमा ६ अर्ब ६६ करोड कारोबार गरेको छ । कर्पोरेशनले सरकारको अनुदानमा चालू आवमा बिक्री वितरणका लागि ५७ हजार मेट्रिक टन युरिया र २२ हजार टन डिएपी मल आयात भइसकेको जनाएको छ ।

कर्पोरेशनले कृषि मन्त्रालयको स्वीकृतिमा गैरअनुदानका अमोनियम सल्फेट र सिंगल सुपर फस्फेट मलसमेत बिक्री वितरण गरिरहेको छ ।
त्यस्तै कार्पाेरेशनले तोरीको तेल तथा उखु उत्पादनमा लगानीका साथै कृषि क्षेत्रमा लगानी बढाउँदै जाने कार्यक्रम यस बर्ष थपेको कर्पोरेशनका विभागिय प्रबन्धक बज्रेश कुमार झाले बताए ।
साल्ट ट्रेडिङ कर्पाेरेशन अन्य सकारकारी स्वामित्वको संस्थानहरु भन्दा नाफा कामाउन सफल भएको छ । यस संथाले गरेका कार्यहरुले उपभोक्त र कार्पाेरेशनका शेएर धनीलाई पनि नाफा भएको छ । कार्पाेरेशनले घोषणा गरेको कार्यक्रमहरु कती सफल हुन्छन् त्यो समयले बताउला ।

प्रतिक्रिया दिनुहोस्