बैतडीका ६ ओटा स्थानीय तहमा अझै बैंक स्थापना हुन सकेन, स्थानियलाई समस्या नै समस्या
काठमाडौं । बैतडीका स्थानीय तहमा बैंक स्थापना नहुदा ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम धाउन बाध्य भएका छन्। बैतडीका ६ ओटा स्थानीय तहमा बैंक स्थापना हुन सकेका छैनन् । गाउँपालिका, नगरपालिकामा कुनै पनि बैंकको शाखा स्थापना हुन नसक्दा त्यहाँका जनप्रतिनिधि तथा स्थानिय बासिन्दा सदरमुकाम धाउन बाध्य भएका हुन् ।
सरकारले यसअघि नै स्थानीय तहमा विभिन्न बैंकका शाखा स्थापना गर्ने भनेपनि बैंक नहुँदा सास्ती हुने गरेको स्थानीय तहरुले जनाएका छन् । बैंकिंङ्ग कारोबार गर्न सदरमुकाम जान बाध्य भएका दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । स्थानीय तहले उपभोक्ता समिति मार्फत सञ्चालन गर्ने योजनाहरुको खाता सञ्चालनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।
खाता खोल्नका लागि भएपनि हजारभन्दा बढी पैसा खर्च गरेर सदरमुकाम पुगेको सिगास गाउँपालिका ४ की सारथी धामीले बताईन ।
स्थानीय तहमा बैंक नहुँदा गाउँपालिकाले गर्ने हरेक काममा समस्या भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरुलाई सास्ती भएको छ । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ ।
सदरमुकाममा रहेको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा यसअघि नै विभिन्न बैंकका शाखा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्