आजदेखि काठमाडौं उपत्यकामा साझाको ‘सेमी लो फ्लोर’ बस गुड्ने

काठमाडौं । आजदेखि साझा यातायातले काठमाडौं उपत्यकामा सेमी लो फ्लोर बस संचालन गर्ने भएको छ । बसले रुट इजाजत पाइसकेको साझाका कायम मुकायम कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

साझाले अस्पतालहरुलाई मध्यनजर गर्दै बसको रुट निर्धारण गरेको छ । जसअनुसार पाटन अस्पताल लगनखेलदेखि गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीसम्म बस संचालन हुनेछ ।

अल्का, निदान, प्रसुती गृह, नर्भिक, त्रिपुरेश्वर आँखा अस्पताल, बीर, कान्ति बाल, टिचिङ लगायतका अस्पतललाई मध्यनजर गर्दै बसको रुट तय भएको छ ।

लगनखेल, त्रिपुरेश्वर, शहीदगेट, लाजिम्पाट, नारायणगोपालचोक हुँदै बस बाँसबारीसम्म पुग्नेछ । फर्कँदा पनि सोही रुट हुँदै लगनखेलसम्म आउनेछ ।

साझाका अनुसार बस अपांगमैत्री भएकाले अस्पतालहरुलाई लक्षित गर्दै रुट तय गरिएको हो। त्यस्तै यो रुटको सडक पनि केही सहज देखिएकाले बसलाई उपयुक्त रहेको साझाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्