स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को बीसौं वार्षिक साधारण सभा सम्पन्न
कठमाडौं, पुस १६ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विहीवार काठमाडौंमा एक कार्यक्रमका साथ सभा सम्पन्न भएको हो ।
संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयर धनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ मा रु.६८ करोड ६२ लाख ५१ हजार ५ सय ७१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।
चालु आ.व.को मंसिर मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ५४ हजार ९ सय ८७ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.१९ डढअर्व ४९ करोड ८७ लाख ४ हजार पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.११ अर्व ३ करोड ६३ लाख ४५ हजार रहेको छ ।
राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशको सातै प्रदेशका हिमाल, पहाड र तराईका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब १५ करोड रुपैयाँ साथै जारी तथा चुक्ता पूँजी रु.१ अर्ब १२ करोड २१ लाख ७० हजार कायम गर्ने निर्णय समेत यस साधारण सभाले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्