बेला -बेला काठमाडौंमा बिजुली किन गइरहेको छ ? यसो भन्छन् घिसिङ

काठमाडौँ ,पुस १६ । पछिल्लो समय काठमाडौं उपत्यकामा बेला–बेला बत्ती जाने गरेको छ । यसरी बेला बेलमा बत्ती गइरहन थालेपछि गुनासो पनि बढेको छ ।

सामाजिक सञ्जालमा ऊर्जामन्त्री पम्फा भुसाल र नेपाली विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उल्लेख गरेरै गुनासा पोस्ट हुने गरेका छन् । देशभर चिसो बढेसँगै चार दिन यता काठमाडौं उपत्यकामा बेला–बेला बत्ती जाने समस्या देखिएको छ ।

यता प्राधिकरणले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेको छ । पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले विद्युत् उपलब्धताको समस्या नभई वितरणमा देखिएको प्राविधिक समस्याका कारण बेला बेला विद्युत् सेवा अवरोध भएको बताएका छन् ।

निर्देशक घिसिङले जाडो बढेसँगै विद्युत्‌को माग बढेको र ट्रान्सफर्मरमा समस्या देखिएकाले बिजुली अनियमित भएको स्वीकारेका छन् । उक्त समस्या काठमाडौं उपत्यकामा मात्र रहेको पनि उनले जानकारी दिए ।

यस्तो छ उनको भनाइ- पछिल्लो तीन चार दिनयता विद्युत् आपूर्तिमा समस्या देखियो भन्ने गुनासाहरु बढी आउन थालेका छन् । विगत तीनरचार दिनदेखि समस्या देखिरहेको छा । देशभरि सबैतिर देखिएको समस्या होइन । काठमाडौं उपत्यकामा मात्रै हो । बेलुकाको पिकलोड १७ सय मेगावाटसम्म पुगिरहेको छ । बिहान पनि १६ मेगावाटसम्म पुगेको छ ।

भारतबाट हुने बिजुली आयात हामीले अफपिक समयमा बढी गरिरहेका छौँ । जाडो बढेपछि माग पनि बढ्यो । गत वर्षको तुलनामा काठमाडौं उपत्यकामा ८० देखि १ सय मेगावाटसम्म बढेको छ । उपत्यकाका सबै ठाउँमा समस्या भन्ने होइन ।

उपत्यकामा मात्रै ३८ सय हाराहारीमा ट्रान्सर्फमर छन । केही फिडरमा वा केही ट्रान्सर्फमरमा समस्या देखिएको हो । किनभने तीनरचार दिनयता वितरण ट्रान्सर्फमर मा अचानक लोड बढेको देखिएको छ । कुनै ट्रान्सर्फमर जलेको र कुनमा एमसीबी ट्रिपिङ भएका छन् । केही फिडरमा आगलागी पनि भएको छ । सिंहदरबारभित्रको फिडरमा आगलागी भएपछि त्यसलाई फेर्न एक दिन लाग्यो ।

विगत २(३ महिनायता हामीले ट्रान्सफर्मर फेरबदल र नयाँ थप्ने द्रुत गतिमा गरेका छौं। अहिले इमाडोल क्षेत्रमा, बानेश्वर क्षेत्र, महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गत बढी समस्या देखिएको छ ।

आज बेलुकासम्ममा हामी सबै ट्रान्सर्फमर थपिसक्छौँ। उपत्यकाको ट्रिपिङ समस्या रहँदैन भन्ने छ । प्राधिकरणले अहिले भोगेको समस्या ट्रान्सर्फमर थप्ने काममा समस्या छ । कसैले पनि आफ्नो घर नजिक ट्रान्सर्फमर राख्न दिएनन् । स्थानीयहरुले विरोध गरेर ट्रान्सफर्मर राख्न सकिरहेका छैनौँ । सबैलाई मेरो आग्रह के छ भने ट्रान्सर्फमर राख्दा त्यसको केही असर हुँदैन । ट्रान्सर्फमर राख्न दिनुहोस भन्ने हाम्रो आग्रह छ ।

अहिले विद्युत् कम भएर बत्ती गएको होइन । वितरण प्रणालीले माग धान्न नसकेर गएको हो । दीर्घकालीन रुपमा उपत्यकाभित्र हामी २ हजार मेगावाट विद्युत् माग धान्नसक्ने गरी प्रसारण र वितरण प्रणाली बनाइरहेका छौं ।

उपत्यकाको माग व्यवस्थापनका लागि भनेर अहिले ९ वटा ठाउँमा सबस्टेसन बनिरहेका छन । मातातीर्थ, चोभार, टेकु, ठिमी, मूलपानी, चाँगुनारायण, बालकुमारीलगायतका ठाउँमा सबस्टेसन बनिरहेका छन । यी सबै बनिसक्दा १ हजार मेगावाटको क्षमता थप हुन्छ ।

१२० प्रसारणलाईन नै अन्डरग्राउन्ड गर्ने काम अहिले भइरहेको छ । अन्डरग्राउन्ड केबलिङमा सडक विभाग र खानेपानी कार्यालयसँग हामीले समन्वय गर्न सकेका छैनौं । यसकारण मुख्य लाइन अन्डरग्राउन्ड गर्न सकेका छैनौँ । यो ठूलो समस्याका रूपमा देखिएको छ । काठमाडौं वरिपरि २२० केभी प्रसारण लाइनको रिङ बनाउनु पर्छ । अहिले बाहिर मात्रै रहेको १२० केभी प्रसारण लाइन अब भित्रभित्र पनि बनाइरहेका छौँ ।

काठमाडौँ उपत्यकामा हाल बिहान र बेलुकाको उच्च माग ५० सय मेगावाट छ । यो माग धान्न सब स्टेशनहरु चाहिने र सब स्टेशन बन्न २ वर्ष लाग्ने उनले बताए । ट्रान्सफर्मरमा आउको समस्या भने १ घण्टामै समाधान हुने उनले बताए ।  आगामी वर्ष यस्तो समस्या नहुने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्