सपोर्ट माइक्रोफाइनान्सको आइपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आइपिओमा आबेदन दिने आज अन्तिम दिन हो। वित्तीय संस्थाले असोज १८ देखि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो ।

लगानीकर्ताले आज असोज २३ गते सोमबारसम्म आईपिओको लागि आवेदन दिन सक्ने छन् ।

आइपीओ निष्काशनका लागि बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयहरुबाट आइपीओमा आवेदन दिन सकिने छ।

वित्तीय संस्थाले गत आर्थिक बर्षमा ४८ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने जगेडाकोषमा ३१ लाख १९ हजार रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्