आरम्भ माइक्रोफाइनान्समा ७ गुणा बढी आवेदन, एक लाख ६१ हजारको हात खाली हुने

काठमाडौं । आरम्भ माइक्रोफाइनान्सले फागुन २१ गतेसम्म निष्काशन गरेको साधारण सेयर (आईपिओ) मा मागभन्दा ७ गुणा बढी आवेदकले माग गरेका छन् ।
कुल एक लाख ८९ हजार जनाले एक अर्ब २१ करोड रुपैयाँको सेयर माग गरेको लघुवित्तको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।
आवेदक संख्या एक लाख ८९ हजार पुगेकाले सात जनामा एक जना ९१४५० ले मात्र लघुवित्तको सेयर प्राप्त गर्ने देखिएको छ ।

धितोपत्र बोर्डको नयाँ व्यवस्था अनुसार गोलाप्रथाबाट १० कित्ता बाँडफाँड गर्दा २७ हजार ४८ जनाले सेयर प्राप्त गर्नेछन् । लघुवित्तको आईपिओमा आवेदन गर्ने बाँकी एक लाख ६१ हजार जनाको हात भने खाली हुने देखिएको छ ।
माइक्रोफाइनान्सले जारी पूँजीको ४९ प्रतिशत ९२ लाख ९४ हजार कित्ता आईपिओ निष्काशन गरेको हो । यसमध्ये ८ हजार ८२० कित्ता सेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सेयर २७ हजार ४८ जना सर्वसाधारणलाई गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।

यसअघि निष्काशनमा आएका अन्य लघुवित्तहरूको आइपिओ ६/७ प्रतिशतले मात्र सेयर पाउने गरेपनि यस लघुवित्तको सेयर भने दोब्बर अर्थात १४ प्रतिशतले पाउने देखिएको हो ।

आईपिओमा परेको माग आवेदन रकमको आधारमा ४४।७४ गुणा बढी हो । कमर्चारी र सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको दुई करोड ७० लाख ४८ हजार रुपैयाँको सेयर सर्वसाधारणलाई निष्काशन गरेकोमा एक अर्ब २१ करोडको आवेदन परेकोले सो तथ्याङ्क देखिएको हो ।
सिन्धुपाल्चोक जिल्लामा केन्द्रीय कार्यालय रहेर पन्ध्र पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आइरहेको आरम्भको आइपिओ बिक्रीपछि चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ ।
नेप्सेमा गहिरो गरिवट आएको अवस्थामा आपिओमा भने सर्व साधारणले धेरै आवेदन परको छ ।

प्रतिक्रिया दिनुहोस्