विकास र सम्वृद्धिको नयाँ यात्रामा अघि बढ्नुपर्छः अध्यक्ष दाहाल

काठमाण्डौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विकास र सम्वृद्धिको नया यात्रामा सत्तापक्ष र प्रतिपक्ष सबैलाई सहमति र समझदारीको भावना अनुसार अघि बढ्न आग्रह गरेका छन् ।

महाभुकम्पका समयमा आफुले तात्कालिन सरकारलाई पुर्याएको सहयोगको स्मरण गर्दे उनले अप्ठ्यारो परेका बेला सरकारलाई सहयोग गर्दे मुलुकलाई खघि बढाउने भुमिकामा प्रतिपक्षी दल हुनुपर्ने बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले प्रतिपक्षी दललाई राष्ट्रिय सहमति र सहकार्यको भावना सहित सरकारलाई सहयोग गर्न आग्रह गरे । राजनीतिक स्थायीत्व विकास र सम्वृद्धिको लडाई जित्नै पर्नै अवस्थामा रहेको भन्दै उनले राष्ट्र र जनताको निम्ति त्याग गर्न तयार छौ भन्ने संकल्प सबैले गर्न आवश्यक रहेको बताए ।

राष्ट्रिय सहमतिबाट मात्रै मुलुकमा ठुला ठुला राजनीतिक परिर्वतन भएको भन्दै उनले परिर्वतनको सफलताको श्रेय कुनै व्यक्ति विशेष वा दलको पोल्टामा नरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्