डा केसीलाई अदालत उपस्थित हुन प्रधानन्यायाधीश पराजुलीको आदेश जारी
काठमाण्डौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा डा. गोविन्द केसीलाई कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले डा केसीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
डा केसीले अदालत र प्रधानन्यायाधीशविरुद्ध झुठा र भ्रामक अभिव्यक्ति दिएको, न्यायालयउपर असभ्य, छुद्र र अश्लील अभिव्यक्ति दिएर अदालतको अवहेलना भएको भन्दै न्याय प्रशासन ऐन २०७३ को दफा १७ (४) बमोजिम हदैसम्मको सजाय माग गर्दै गोविन्द बोहराले रिट निवेदन दायर गरेका थिए।
डा केसीले नेपालको संविधान र कानूनले निधेष गरेका कार्य कसुर गरी न्यायप्रशासन ऐन २०७३ को दफा १७ (१) को प्रतिकुल यस अदालतको मान हानी तथा अवहेलना गरेको कुरा पुष्टि भएको निवेदकको दाबी छ। डा केसीले प्रधानन्यायाधीशको नागरिकता तथा शैक्षिक प्रमाणपत्रमा प्रश्न उठाउँदै आएका छन्।















प्रतिक्रिया दिनुहोस्