४५ लाखसहित भारतीय नागरिक विराटनगरमा पक्राउ

काठमाडौँ । । प्रहरीले विराटनगरको रानी भन्सारबाट ४५ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
रानी भन्सारको मुख्य गेट नेपालतर्फबाट प्रहरीले भारत अररिया फारबीसगञ्चका ४५ वर्षीय भारतीय नागरीक नारायण साहलाई पक्राउ गरेको हो ।

उनले चलाएको बी आर ११ ए ए ६२६५ नम्बरको कारको सिटबाट प्रहरीले उक्त रकम बरामद गरिएका हन् ।

जोगबनीबाट विराटनगर तर्फ आउने क्रममा शाहले हाकेको गाडी चेकजाँच गर्नेक्रममा सिटमा लुकाई राखेको रकम बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए ।

एसपी बिसीले साह गाडीचालक मात्र रहेको र गाडी धनी पहिचान हुन नसकेको बताए । उनले भने,‘हामी अनुसन्धानको प्रक्रियामा छौं, गाडीधनी र के प्रयोजनका लागि यो पैसा नेपाल तर्फ आएको हो यो चाडै खुल्ने छ । ’ उनले एसपी बिसीले उक्त रकम हुण्डीमार्फत ल्याएको हुन सक्ने आशंका गरे ।

प्रहरीका अनुसार साहले १ हजार दरका ३४ सय थान, ५ सय दरका २१ सय थान र १ सय दरका ५ सय थान रकम बरामद गरिएको हो । प्रहरीले यति ठूलो परिमाणको रकम भारतबाट आउनुलाई हुण्डी कारोबारीको पैसा हुन सक्ने आकलन गरेका छन् । उक्त उभियुक्तलाई साहमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्धा चलाउने तयारी गरेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्