फेसबुक विवादबाट विद्यार्थीको हत्या
काठमाडौं । काठमाडौंको गंगवुमा रहेको गणेश हिमाल बोडिङ स्कुलमा पढ्ने एक जना विद्यार्थी कुमार सूचीकार वर्देव आफ्नै साथीहरुबाटै हत्या भएको घटना सार्वजनीक भएको छ ।
समाजिक सञ्जाल फेसवुकको विवादले कक्षा १० मा अध्ययरत विद्यार्थी कुमार सूचीकार वर्देवाको हत्या भएको हो । यसअघि २७ माघमा तारकेश्वर नगरपालिका ४, फूलबारीमा उनलाई बेहोस अवस्थामा फेला पारिएको थियो । लगत्तै, उपचारका लागि वीर अस्पताल लगिए पनि उपचारका क्रममा दुई दिनपछि मृत्यु भएको थियो । उनको हत्या आरोपमा ८ जना विद्यार्थी पक्राउ परेको काठमाडौं प्रहरी परिषरले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार विद्यार्थीले बनाएको फेसबुक विवाद उग्ररुपको विषयलाई लिएर विवाद बढ्दै जाँदा उनकै साथीहरुले वर्देवाले कुटपिट गरेर हत्या गरेका हुन् । हत्याका बारेमा थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्