शान्ति प्रक्रियाका काम पूरा गर्न तयार छु, संविधान संशोधन राष्ट्रहितमा नभए स्वीकार्य छैनः संसदीय दलका नेता देउवा

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संविधान संशोधन र शान्ति प्रक्रियाका लागि कांग्रेसले सहयोग गर्ने बताएका छन् ।

नेता देउवाले संसदको बैठकलाई सम्बोधन गर्दै संविधानलाई अझ सर्वस्वीकार्य बनाउन जरुरी रहेको बताए । आफ्नो नेतृत्वको सरकारले संविधान संशोधन गर्न खोजेपनि सफल नभएको स्मरण गर्दै उनले सरकार यसप्रति ध्यान दिंदा आफु पनि शुशी भएको बताए ।
एमालेतर्फ संकेत गर्दै कांग्रेस सभापति एवं संसदीय दलका नेता देउवाले भने, ‘ हिजो संविधान संशोधन राष्ट्रहितमा छैन भन्नेहरु पनि संशोधनमा पक्षमा आउँदा खुसी लाग्यो ।’ उनले कुनै एक व्यक्ति तथा दललाई फाइदा हुने गरि गरिने संविधान शंसोधन आफू र आफ्नो पार्टीलाई कदापी स्वीकार्य नहुने बताए । संविधान शंसोधन पनि प्रक्रिया र मर्यदामा हुन्छ । प्रक्रिया पुरा गरेर आए सहयोग गर्न तयार छु, उनले भने ।
देउवाले आफ्नो नेतृत्वमा चुनाव गरेर संविधान कार्यान्वयन गर्न पाएकोमा सबैलाई धन्यवाद दिंदै उनले सर्वोच्च अदालत र सञ्चा। जगतलाई धम्क्याउने काम कसैले पनि नगर्न आग्र गरे ।

प्रतिक्रिया दिनुहोस्