राष्ट्रियसभामा मनोनीत भएका खतिवडासहित ३ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं   । राष्ट्रियसभामा मनोनीत भएका अर्थमन्त्री डा युवराज खतिवडासहित ३ सांसदहरुको मुद्दामा आज सुनुवाई हुने भएको छ ।

हिजोको लागि मुद्दाको सुनुवाई तोकिएपनि सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंहको निधनका कारण हिजो अदालतका सम्पूर्ण इजलास बन्द भएका थिए । हिजो बन्द भएका कारण हिजोका सबै पेशी आजका लागि तोकिएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका अन्य सांसदले सपथ लिए पनि तीन जना सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सपथ लिनवाट वञ्चित भएका हुन् । उक्त मुद्दा सुनुवाइ भई अन्तरिम आदेश जारी भएमा उनीहरुलाई सांसदको सपथ लिन बाटो खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्