बालुवाटारमा एमाले स्थायी कमिटि बैठक बस्दै :राष्ट्रपतिको उम्मेदवार टुंग्याउने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटिको बैठक आज बस्ने भएको छ । राष्ट्रपतिको उम्मेदवार चयन, मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्न बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरेकाले सोबारेमा छलफल गर्न बैठक बस्न लागेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकमा माओवादी केन्द्रसँगको एकता प्रक्रिया, सरकार विस्तारलगायत विषयमा पनि छलफल हुने बुझिएको छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या नयाँ उम्मेदवार खोजी गर्ने भन्नेमा एमालेभित्र विवाद छ । राष्ट्रपति भण्डारीले आफू दोहोरिने इच्छा व्यक्त गरेकी छिन भने पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले पनि राष्ट्रपतिमा दाबी प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्