सिलवाललाई पदमा फर्कन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, मंसिर २९ । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमा फर्कन सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
उनलाई कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गरेको थियो । त्यसविरुद्ध सिलवालले कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए । यता आफूलाई पदमा फर्कन सर्वोच्चले अन्तरिम आदेश दिएको सिलवालले बताएका छन् ।
त्यसैगरि राखेपमा प्रतिस्पर्धाको माध्यमबाट नयाँ सदस्य सचिव नियुक्त भइसकेको अवस्थामा आएको अदालतको आदेशले सरकारी निर्णय संकटमा पर्ने सम्भावना प्रवल देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्